१७ बैशाख, काठमाडौं । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबीच आज पनि वार्ता हुँदैछ। वार्ता दिउसो २ बजे शिक्षा मन्त्रालयमा हुने बताइएको छ ।
हिजो रातिसम्म चलेको वार्ता सकारात्मक रहेको थियो । उक्त वार्तालाई अन्तिम रूप दिन आज दिउसो वार्तामा बस्न लागेको स्रोतले जनाएको छ । हिजोको वार्तामा नेपाल शिक्षक महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो ।
ती मागहरू नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल समेत गरेका छन्।