१७ बैशाख, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।