|  

भारतीय चलचित्रबाट निकालिइन् पाकिस्तानी अभिनेत्री हानिया

१७ बैशाख, काठमाडौं । पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा सबै पाकिस्तानी कलाकारहरूमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ ।

हालै फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लइजले कुनै पनि भारतीय नागरिकले उनीहरूसँग काम गरेमा उनीहरूमाथि देशद्रोहको मुद्दा दर्ता गरिने घोषणा गरेको थियो । यसैबिच, लोकप्रिय पाकिस्तानी अभिनेत्री हानिया आमिरलाई पनि भारतीय फिल्म सरदार ३ बाट हटाइएको खबर आएको छ ।

यद्यपि, यसको बाबजुद पनि हानिया आमिरलाई भारतीय गायक बादशाहको गीतको प्रचार गर्दै गरेको देखिएको छ । पाकिस्तानी अभिनेत्री हानिया आमिरले दिलजीत दोसांझ र सोनम बाजवा अभिनित भारतीय पञ्जाबी फिल्म सरदार ३ बाट भारतीय सिनेमामा डेब्यू गर्न लागेकी थिइन् ।

एक महिना अघि मात्र उनले बेलायतमा फिल्मको छायांकन पूरा गरेकी थिइन् ।तर पहलगाम आतंकवादी हमलापछि, सरदार ३ को अहिले चर्को आलोचना भइरहेको छ। विवादका कारण निर्माताहरूले हानियालाई फिल्मबाट हटाउने निर्णय गरेका छन् ।