|  

बिहीबारदेखि पठनपाठन हुने वातावरण बन्छः सत्ता गठबन्धन

१७ बैशाख, काठमाडौं । सत्ता गठबन्धन दलले काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

‘भोलिदेखि सहज ढङ्गले पठन पाठन हुने वातावरण निर्माण गर्ने सहमति भएको छ । शिक्षकहरूले माग गर्दै आएका ऐन बनाऊ विधेयक एउटा पक्रियामा भएकाले केहि ढिलाइ भएको हो ।शिक्षकहरूले आन्दोलन स्थगित गरी पठनपाठन हुने विश्वास लिएका छौँ,’ स्रोतले भन्यो ।