|  

२१ दिनका लागि बजारबाट ५० अर्ब खिच्न शुरु

१७ बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब खिच्न शुरु गरेको छ ।

२१ दिनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट तरलता व्यवस्थापनका लागि बजारबाट निक्षेप उठाउन शुरु गरेको हो । निक्षेप संकलन खरिदका लागि आज बिहानदेखि दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सिस्टम शुरु भइसकेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागि हुन आह्वान गरिसकेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।