|  

समीर भट्टको ‘बलिदान’ को प्रि–टिजर सार्वजनिक

१७ बैशाख, काठमाडौं । अभिनेता समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’को टिजर सार्वजनिक भएको छ ।

निर्माताले बुधबार समीरको जन्मदिन पारेर प्रि–टिजरका रूपमा ४२ सेकेन्डको भिडियो सार्वजनिक गरेका छन् । फिल्ममा समीरको विभिन्न प्रस्तुतिको झलकलाई समेटिएको छ ।

केही संवाद र द्वन्द्वका दृश्य टिजरमा देखिन्छ । दशैँको फूलपातिमा प्रदर्शनमा आउने फिल्ममा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय छ।