|  

सुरक्षा पन्त विवादमा तानिएपछि बोले हृदयेन्द्र शाह- विचार खुलारूपमा व्यक्त गर्ने अधिकार सबैलाई हुन्छ

१७ बैशाख, काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्ने सन्देश दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आज उनले यस्तो सन्देश दिएका हुन् । उनले पोस्टमा लेखेका छन्, ‘कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैले आफ्ना विचार खुलारूपमा व्यक्त गर्ने अधिकार छ । सबै एकअर्काको विचारको सम्मान गर्नुपर्छ ।’

उनले नेपालीहरूबीच सहयोग, दयालुता र समझदारीको भावना आवश्यक रहेको पनि उल्लेख गरेका छन् । ‘दयालुता फैलाऔँ । नेपालीहरूले एकअर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्न,’ हृदयेन्द्रले लेखेका छन ।