|  

सेयर बजारकाे ओरालो यात्रा आज पनि निरन्तर

१७ बैशाख, काठमाडौं । सेयर बजारमा आज पनि गिरावट आएको छ ।

हिजो १५.०८ अंकले घटेको नेप्से परिसूचक आज ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३४ प्रतिशतले घटेर ४४२.०० विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। आज ३१४ स्क्रिप्सको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर ९ अर्ब ३७ करोड  ४१ लाख २२ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ७ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो ।