१७ बैशाख, काठमाडाैं । सरकार र शिक्षक महासंघबीच अहिले सिंहदरबारमा वार्ता जारी छ ।
शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा बार्ता भइरहेको हो । यसअघि हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा टेकेर आज सहमति हुने भनिएको छ । आजको वार्ता ‘निर्णायक’ बनाउने भन्दै मन्त्री पन्तले तयारी गरेको देखिन्छ । शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन । महासंघले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने गरी तत्काललाई ९ वटा माग बुझाएको र त्यसकै वरिपरि रहेर सहमति गर्ने तयारी भएको बताइएको छ ।