|  

रेशम चौधरी थुनामुक्त

१७ बैशाख, काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी छुटेका छन् ।

सर्वोच्च अदालतले डिल्ली बजार कारागारलाई तुरुन्त थुनामुक्त गर्न पत्र पठाएपछि चौधरी रिहा भएका हुन । यसअघि उनलाई शंकास्पद् पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो । प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टीसँग एकता हुने तयारी भइरहेका बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टले आफू अनुकूल पत्र पठाएपछि रेशम चौधरी पक्राउ परेका थिए ।

सर्वोच्च अदालतले उक्त पत्र आधिकारिक नभएको स्पष्ट पारेको थियो । उक्त पत्र नक्कली भएपछि सर्वोच्चले अर्को पत्र जारी गरेर डिल्ली बजार कारागारलाई थुनामुक्त गर्न निर्देशन दिएको थियो ।