१७ बैशाख, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिरामचन्द्र पौडेलले गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । यसअघिका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।