|  

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा 

१८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि पानी परिरहेको छ ।

अहिले बागमती प्रदेशको काठमाडौं उपत्यकालगायत कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।