१८ बैशाख, काठमाडौं । गाजाको स्वास्थ्य मन्त्रालयले युद्ध विराम भंग भएयता २३०८ जना मारिएको जनाएको छ। यसमा ५९५ बाल बालिका रहेको जनाइएको छ ।
गाजाको नुसरियतमा इजरायली आक्रमणबाट पछिल्लो समय कम्तीमा आठ जनाको ज्यान गएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ३५ जनाको ज्यान गएको छ ।
युद्ध सुरु भएदेखि यता इजरायलले गाजामा ५२ हजार चार सयको ज्यान लिएको जनाइएको छ। एक लाख १८ हजार १४ जना घाइते भएका छन् । गाजाको सञ्चार मन्त्रालयले नै भने ६१ हजार ७ सय जनाको ज्यान गएको बताएको छ।