१८ बैशाख, काठमाडौं । टोखा नगरपालिका–७ बानियाटारमा मंगलबार कुकुरलाई लठ्ठीले कुटीकुटी मार्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टोखा नगरपालिका–७ बानियाटारका अंकित भुजेल रहेका छन् । काठमाडौँ महानगरीय प्रहरी वृत्त महारजगञ्जकाले स्थानीयले कुकुरलाई लाठीले कुटिरहेको जानकारी दिएपछि पक्राउ गरेको हो ।
भुजेले आफूलाई र अन्य केही व्यक्तिलाई टोकेको आरोपमा कुकुरलाई लाठ्ठीले कुटीकुटी मारेका थिए । नेपालको प्रचलित कानुनले कुनै पनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।