|  

२०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट

१८ बैशाख, काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याविनेट बैठकमा आफ्नो भन्सार नीति (ट्यारिफ)को प्रशंसा गरेका छन् ।

उनले अतिरिक्त भन्सार महशुल अभियानको प्रशंसा गरे पनि यो वर्षको पहिलो तीन महिनामा अमेरिकी अर्थतन्त्रमा ०.३ प्रतिशतको गिरावट आएको छ । २०२२ पछि पहिलो पटक अमेरिकी अर्थतन्त्रमा गिरावट आएको हो ।

विभिन्न कम्पनी तथा फर्महरुले ट्रम्पको ट्यारिफभन्दा पहिल्यै आयातको स्ट्रक जम्मा गरिसकेका बताइँदै छ । ट्रम्प यसका लागि जो बाइडेनलाई दोषी करार गरिरहेका छन् । उनले भने, ‘वाल स्ट्रीटमा देखा परेको ‘‘खराब अंक’को ट्यारिफसँग कुनै लेनदेन छैन ।’