१८ बैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइ भएको बताएकी छन् ।
नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको बताईन । राणाले सरकारको स्थायीत्वको अभावले नीतिगत काममा समेत समस्या परेको कारण दुई मुख्य प्रतिष्पर्धी दलहरु मिलेर सरकार चलाउनुपरेको दाबी गरिन । मुलुकको आर्थिक, सामाजिक रुपान्तरण चाहे अनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको उनको भनाई छ । मन्त्री राणाले गैरआवासीय नागरिकताको अधिकारका विषयमा कानूनको मस्यौदा तयार भइरहेको र छिट्टै संसदमा पेश गरिने पनि बताईन । ।
राणाले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणको लक्ष्य पूरा गर्न साझा सहकार्य र स्थायीत्व अपरिहार्य रहेको पनि बताईन