१८ बैशाख, काठमाडौं । सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाइए पनि उनी सहभागी नभएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संक्रमणकालीन न्याय र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरुलाई बोलाइएको थियो।
भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ।