|  

पहलगाम आक्रमणमा ज्यान गुमाएका लेफ्टिनेन्टकी पत्नी भन्छिन्, ‘मुस्लिमहरू विरुद्ध नजानुहोस्’

१९ बैशाख, काठमाडौं । गत २२ अप्रिलमा पहलगामको बैसरन उपत्यकामा मृत्यु भएका भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नरवालको श्रीमती हिमांशी नरवालले एएनआईसँग कुरा गर्दै भनिन्,‘हामी मानिसहरू मुस्लिम वा कश्मीरीहरूको विरुद्धमा जाओस् भन्ने चाहँदैनौँ। हामी शान्ति चाहन्छौँ र केवल शान्ति चाहन्छौँ।

अवश्य पनि, हामी न्याय चाहन्छौँ, जसले गल्ती गरेका छन् उनीहरूलाई सजाय दिइनुपर्छ।’पत्रकारहरूको प्रश्नको जवाफमा उनले आफूले पनि देशको सेवा गर्ने बाटो रोज्ने बताइन् ।

भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्सन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो। उनी आफ्नी श्रीमती हिमांशी नरवालसँग बिदा मनाउन कश्मीर गएका थिए।