|  

पाकिस्तानले बन्द गर्‍यो एफएम रेडियोमा भारतीय गीत प्रसारण बन्द

१९ बैशाख, काठमाडौं । पहलगाम आक्रमणले भारत र पाकिस्तानबीचको तनाव फेरि बढाएको छ ।

यसैबीच पाकिस्तानले आफ्ना रेडियो स्टेशनहरूबाट भारतीय गीतहरू पूर्ण रूपमा हटाउने निर्णय गरेको छ ।पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए)ले देशभरका सबै एफएम रेडियो स्टेशनहरूमा तत्काल लागू हुने गरी भारतीय गीतहरू बजाउन बन्द गर्ने घोषणा गरेको छ ।

पाकिस्तानका सूचना मन्त्री अता तरारले यो कदमको प्रशंसा गर्दै यसलाई एकताको बलियो सन्देश बताए । 
यो निर्णय भारतले चालेको एउटा ठुलो कदमको केही दिनपछि आएको हो । पहलगाम आक्रमणपछि भारतले कूटनीतिक स्तरमा मात्र नभई मिडिया क्षेत्रमा पनि द्रुत कारबाही गरेको थियो ।

भारत सरकारले डन न्युज, समा टिभी, एआरवाई न्युज र जियो न्युज जस्ता ठुला नामहरू सहित १६ पाकिस्तानी युट्युब च्यानलहरूमाथि प्रतिबन्ध लगाएको थियो ।