१९ बैशाख, काठमाडौं । अमेरिकाले यमनमा हुथी विद्रोहीहरूलाई समर्थन गरेकोमा इरानले गम्भीर परिणाम भोग्नुपर्ने बताएको छ ।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार इरानलाई चेतावनी दिएका हुन्।हेगसेथले डोनाल्ड ट्रम्पको पुरानो भनाइलाई पनि रिट्वीट गरेका थिए । ट्रम्पले हुथी विद्रोहीहरूले गरेको हरेक आक्रमणको जिम्मेवार इरान हुने सामाजिक सञ्जाल एक्समा लेखेका थिए । हेगसेथले एक्सको पोस्टमा भनेका छन्, ‘हामीले इरानले हुथी विद्रोहीलाई प्रदान गरिरेको समर्थन देखिरहेका छौं ।
हामीलाई इरान के गर्दैछ भन्ने कुरा राम्ररी थाहा छ। अमेरिकी सेनाले के गर्न सक्छ भन्ने कुरा राम्ररी इरानलाई पनि जानकारी छ। अब इरानले अमेरिकाले रोजेको समय र स्थानमा त्यसको परिणामहरू भोग्नुपर्नेछ।’अमेरिकाले हालै उत्तरी यमनलाई नियन्त्रण गर्ने हुथी विद्रोहीहरू विरुद्ध सैन्य आक्रमण तीव्र बनाएको छ।
मार्चदेखि अमेरिकी सेनाले हुथी लडाकुहरूको नियन्त्रणमा रहेका १,००० भन्दा बढी स्थानहरूलाई निशाना बनाएको छ । हुथी विद्रोहीहरूले पछिल्लो समय प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता जनाउँदै लाल सागरमा धेरै मालवाहक जहाजहरूलाई निशाना बनाएका छन्।
इरानले भने आफूले हुथी विद्रोहीहरूलाई समर्थन गरेको कुरा निरन्तर अस्वीकार गर्दै आएको छ। इरानले हुथी लडाकुहरू स्वतन्त्र रूपमा सञ्चालन हुने बताएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले धेरै पटक इरानी सेनाले हुथी लडाकुहरूलाई आवश्यक सैन्य सहयोग र रणनीतिक समर्थन प्रदान गरेको आरोप लगाएका छन्।