१९ बैशाख, काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।
सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ ।
सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन् ।