|  

कूटनीतिक राडारमा पाकिस्तान

१९ बैशाख, काठमाडाैं । विपिन देव - सन् २०२५ अफ्रिलमा कश्मिरको पहलगामा भएको नरसंहार उपरान्त भारत पाकिस्तान सम्बन्ध कठिन मोडमा उभिएको देखिन्छ । आवेग, उद्वेग, आरोप र प्रत्यारोपका विच दुई मुलुकहरू विच सामरिक रस्साकस्सीचूलिएको छ । दुई देशको पृथक महत्वॉकाक्षा र पृथक गन्तव्य रहिआएको छ । वर्तमान परिवेशमा राष्ट्रवादको ज्वारभाटा सर्वत्र विष्फोट भइरहेको बेला त्यसको वाछिटाबाट भारत र पाकिस्तान सम्बन्ध अधिक रूपमा प्रभावित भएको छ । 

सन् १९४७ पश्चात पाकिस्तान “टु नेशन” थियोरीको लक्ष्य एकल धर्म र एकल भाषाको आधारमा राष्ट्र निर्माण गर्नु हो । तदनुरुप नै पाकिस्तानको जन्म भएको देखिन्छ । अर्को शब्दमा भन्ने हो भने पाकिस्तानको उद्भव हुनु नै बहजातीय र बहुभाषीय सिद्धान्तलाई निस्तेज गर्नु थियो । पाकिस्तान आफ्नो  उषाकालदेखि नै आपूmलाई इश्लामिक राष्ट्रहरूको स्वघोषित प्रतिनिधिको रूपमा उद्घोष गर्दैै विश्व कूटनीतिक मञ्चमा आएको छ । 

अर्को तर्पm भारतले प्रजातान्त्रिक पद्धतीलाई आत्मसाथ गर्दै विकासलाई अर्जुन दृष्टिमा राखेर आफ्नो  कायम राखेको छ । इतिहासको आरोह अबरोहमा पाकिस्तानमा अनेकौ सैनिक तानाशाहहरूले सत्तारस्वादन गरेका छन् । अ‍ैया खान, अ‍ैयुव खान, जियाउहल्लक, पखेज मुसरफ र असिम मुनिर यसका उदाहरणहरू हुन् । तर भारतले सदैव उच्च कोटिको नेतृत्व पाएको छ । भारत विद करण सिंहले नेहरुदेखि मोदिसम्मका नेतृत्वले राष्ट्र निर्माणको लक्ष्य भेदन गर्ने प्रतिवद्धता गरेकोे कुरा उजागर गरेका छन् । 

पहलगामा नरसंहार पश्चात भारतमा आक्रोस तिव्रढङ्गले बढिरहेको छ । ३५ वर्ष पश्चात कश्मिरको घरदैलोबाट जनता बाहिर आएर शान्ति र भाइचारको पक्षमा उभिएर आतंकवाद र कट्टरपन्थलाई भत्र्सना गरिरहेका छन् । प्रजातान्त्रिक पद्धतीबाट चुनिएको राज्य सरकारले आतंकवादको विरोधमा कडा प्रतिक्रिया दिएको छ । कश्मिरको विधान सभामा समेत एक लय र एक ध्वनिकासाथ आतंकवाद र कट्टरपन्थको विरोध गरिएको छ ।
कश्मिरको उक्त घटना प्रति विश्वका १३० नेतृत्वहरूले आप्mनो सहानभूति र सद्भाव भारतलाई रहेको कुरा व्यक्त गरेका छन् । यी पृष्टभूमिमा आतंकवाद र कट्टरपन्थलाई पूर्ण रूपमा निस्तेज गर्न भारतका सामरिक जानकारहरूले विभिन्न तर्क र युक्तिहरू प्रस्तुत पेश गरिरहेका छन भने पाकिस्तानका सूचना मन्त्रीले केही दिनमा भारतले पाकिस्तान माथि आक्रमण गर्ने आसंका व्यक्त गरेका छन् । वर्तमान परिवेशमा पाकिस्तान घरेलु राजनीतिको कारणले गर्दा अहसज अवस्थामा रहेको छ । वालुचिस्तान प्रान्तमा भइरहेको हिंसक गतिविधिले गर्दा पाकिस्तानको सैन्य शासकलाई चूनौतिको चाङ्ग नै व्यर्होनु परेको छ । तहरिके तालिवान जस्ता लडाका समूहको आतंकवादी क्रियाकलापबाट शान्ती र शुव्यवस्था कायम  गर्न सरकारलाई हम्मे हम्मे भएको छ भने अफगानिस्तानमा शासन गरिरहेका तालिवान समूहको निशाना समेत पाकिस्तान माथि  भइरहेको छ । बढ्दो वेरोजगारी र महंगीले गर्दा पाकिस्तानमा निराशा व्याप्त छ । 

अर्थतन्त्र दिवालीयापनको संघारमा रहेको बेला पाकिस्तानले  अन्तर्राष्ट्रिय मुद्राकोषबाट २७ पटक ऋण लिइसकेको अवस्था छ । यस विषम परिस्थितमा जनआक्रोसलाई राष्ट्रवादको भाष्यमा परिमार्जित गर्न र कट्टरपन्थी लडाकाहरूमा आक्रोसको मलजल गर्न पाकिस्तानी सैनिक शासकले भारत विरोधि नारा र भावनालई अतिरञ्जित गरेको देखिन्छ । सामरिक जानकारहरूले भारतलाई वडो धिरता र गम्भीरताका साथ अघि बढ्न सुझाव दिएका छन् । विश्व समुदायले समेत भारतलाई संयम रहन आग्रह गरेको छ । सन् २०३० मा नै विश्वको तेस्रो आर्थिक महाशक्ति बन्ने संकल्प गरेको भारतले संयमताका साथ अगाडी बढ्नु पर्ने जानकारहरूको बुझाई रहेको छ । आणविक पाकिस्तानको राज्य संयन्त्र त्रिकोणात्मक रूपमा ध्रुबिकृत रहेको छ । राज्यको शासनको वागडोर सैनिकसंग रहेको छ भने सामाजिक जनजीवनमा धर्मगुरूहरूको गहिरो प्रभाव रहेको छ । धर्मगुरु र सैनिकको गठजोडले गर्दा राजनीति अपहरित रहेको छ । 

यस विषम परिस्थितिमा आगामी दिनमा पाकिस्तान सोमालियाको वाटोमा जानसक्ने जानकारहरूको चिन्ता रहेको छ । आणविक सामथ्र्य भएको पाकिस्तान पूर्णरूपले चरमपन्थीको कब्जामा गएको खण्डमा विश्व शान्ती र सभ्यता नै खतरामा पर्ने जानकारहरूको बुझाई रहेको छ । भारतले पाकिस्तानलाई दवावमा राख्न विभिन्न सामरिक अभ्यासहरू गरिरहेको छ । पाकिस्तानलाई सामरिक दवावमा नराखेको खण्डमा भारतले आप्mनो आर्थिक विकासको लक्ष्य प्राप्त गर्न सक्दैन । सन् २०२४ मा नै ३५ लाख पर्यटकहरू कश्मिर यात्रा गरेका थिए । पहलगामा नरसंहारले गर्दा पर्यटन व्यवसाय निरुत्साहित भएको छ । यस अर्थमा भारतीय कूटनीतिको पहिलो प्रयास नै पाकिस्तानलाई दवावमा राख्नु हो । भारतले पाकिस्तानलाई दवावमा राख्न पाकिस्तानी सैनिक संरचनालाई तारो बनाउनु पर्दछ । 

सन् १९६५ मा भारतका तत्कालिन प्रधानमन्त्री लाल बहादुर शास्त्रीले पाकिस्तानी सैनिक शासक अ‍ैयुब खानलाई दवावमा नै राखेर तासकन्त सम्झौता गर्न सफल भएका थिए । सत्तरीको दशकमा पाकिस्तानी सैनिक शासक जियाउलहकलाई दवावमा  राखेर नै इन्दिरा गान्धीले समेत सिमला सम्झौता गराएकी थिइन । पाकिस्तानी सैनिक शासकलाई दवावमा राख्न भारतले आणविक र पारम्परिक (कनभेनसनल) युद्धको विचको वाटो रोज्नु पर्ने हुन्छ । आणविक र पारम्परिक युद्धको विचको वाटोबाट मात्रै सैनिक सत्ता दवावमा आउ‘न सक्दछ । आणविक बलले गर्दा सैन्य सत्तामा पाश्विक चरित्र देखिन्छ । उत्तर कोरियालाई कुनै पनि कूटनीतिक दवावले प्रभाव गर्दैन । 

कश्मिरका पूर्व मुख्य मन्त्री र हाल नेशनल कंसफेन्सका अध्यक्ष डा. फारुक अब्दुलले कूटनीतिलाई मुख्य आधार बनाउनु पर्ने तर्क राखेका छन् । पाकिस्तानलाई दवावमा राख्न अन्तर्राष्ट्रिय समुदायलाई भारतले आप्mनो पक्ष र अवस्था बुझाउनु पर्ने डा. फारुकले मोदिलाई आग्रह गरेका छन् । भारतका पूर्व राजदुत र पाकिस्तानी मामिलाका सामरिक जानकार विवेक कटाजुका अनुसार तानाशाही शासन व्यवस्थामा राष्ट्रको आर्थिक हितको कुनै अर्थ हुंदैन । अन्तर्राष्ट्रिय समुदायले समेत पाकिस्तानलाई “भेन्टिलेटर” मा राख्न खोजेको हुंदा पाकिस्तानसंग वडो सुझ र बुझका साथ अगाडी बढ्नु पर्ने कटाजुको आग्रह रहेको छ । भारतको बढ्दो प्भावले गर्दा इश्लामिक राष्ट्रहरूबाट समेत पाकिस्तानलाई भरथेग भइरहेको छैन । कूटनीतिक मञ्चमा चीन पाकिस्तानदसंग उभिए तापनि चीनले सन् १९४७, सन् १९६५, सन् १९७१ र सन् १९९९ को युद्धमा समेत चीनले पाकिस्तानलाई सैन्य सहयोग गरेको देखिदैन । सामाजिक सद्भाव, आर्थिक विकास र अमन चयनलाई कायम राख्न भारतले आतंकवाद र कट्टरपन्थबाट विजय प्राप्त नगरी सुख छैन । भारत पाकिस्तानको बढ्दो तनावले गर्दा दक्षिण एसिया नै युद्धको छायामा देखिएको छ ।