१९ बैशाख, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद राईलाई जिल्ला अदालत काठमाडौँले यसअघि ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको अभियोगमा लामो समयदेखि फरार रहेकी सांसद राईलाई गत शनिबार प्रहरीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । पक्राउ परेकी सांसद राईको कनेक्सन सहकारी ठगी मुद्दामा फरार रहेका गितेन्द्रबाबु राई (जिबी) सँग रहेको बताईन्छ ।