|  

रेशम पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत विष्टमाथि ४ दिनको म्याद थप

१९ बैशाख, काठमाडौं । रेशम चौधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतको नक्कली पत्र लेखेको आरोपमा पक्राउ परेका शाखा अधिकृत महिमानसिंह विष्टमाथि ४ दिनको म्याद थपिएको छ ।

बुधबार पक्राउ परेका विष्टलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर म्याद थप गरिएको हो । विष्टले सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गरी प्रहरी र डिल्लीबजार कारागारलाई चौधरीलाई पक्राउ गर्न आदेश दिने अनधिकृत पत्र लेखेका थिए । सो पत्रका आधारमा रेशमलाई पक्राउ गरिए पनि, सर्वोच्च अदालतले पत्र अनधिकृत भएको स्पष्ट गरेपछि करिब ५ घण्टामै रिहा भएका थिए । विष्टविरुद्ध झुट्टा सूचना प्रवाह, राष्ट्रसेवकको काममा बाधा पुर्‍याउने र कीर्तेलगायतका मुद्दामा अनुसन्धान चलिरहेको छ । दोषी ठहरिए ८ वर्षसम्म कैद हुनसक्ने प्रावधान छ ।