|  

नीति तथा कार्यक्रम कार्यान्वयन नहुने खतराः सांसद सापकोटा

१९ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकारको नीति तथा कार्यक्रममा सम्बोधन नहुने खतरा भएको बताएका छन्।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले आगामी वर्षको नीति राम्रो राखे पनि कार्यक्रम नभएको बताए।

सरकारले गलत नियत राख्यो भने नीति तथा कार्यक्रम कार्यान्वन हुन नसक्ने उनले बताए।

सांसद सापकोटाले युवा पलायनलाई रोक्न सरकारले युवा लक्षित कार्यक्रममा ल्याउन नसकेको बताए।