१९ बैशाख, काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने बताएका छन ।
शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो प्रतिक्रिया दिए । सरकारले तीन तहको सरकारबीच समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट नीति तथा कार्यक्रम कार्यान्वयनको प्रभावकारिता बढाउन खोजेको बताए । उनले नीति तथा कार्यक्रमले जनतामा रहेको निराशा चिर्ने विश्वास समेत व्यक्त गरे ।
उनले भने, ‘नीति तथा कार्यक्रमले अहिलेका विद्यमान आर्थिक समस्याहरुको समाधान हुने बाटो दिन खोजेको छ । तीन तहको सरकारको समन्वय, सहजिकरण र सहअस्तित्वको माध्यमबाट प्रभावकारिता हासिल गर्ने कुरालाई यसले जोड दिएको छ । कृषि क्षेत्रलाई प्राथमिकता दिन खोजेको पनि हामीले पाएका छौं ।
भोलिको दिनमा सरकारले बजेट बनाउँदा नीति तथा कार्यक्रमलाई समावेश गरेर जाने स्थिति बन्दाखेरी आर्थिक समृद्धिलाई यसले नयाँ ढंगबाट अगाडि बढाउनको लागि यसले मद्दत पु¥याउनेछ । निराशामा रहेका जनतलाई आशामा रुपान्तरण गर्नको लागि विविध पक्षबाट मद्दत पुर्याउनेछ ।
नीति तथा कार्यक्रमको आधारमा बजेट निर्माण गर्न सकिए मुलुकमा रहेका विद्यमान आर्थिक, सामाजिक समस्याहरु हल हुने उनको दाबी छ ।