२० बैशाख, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।
सभापतिस शेरबहादुर देउवाले दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।