|  

यी प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ हुन्छ वर्षा ? 

२० बैशाख, काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायु,पश्चिमी वायु र बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

यसको प्रभावले शनिबार बिहान देशैभरि मौसम आशिंकदेखि साधारणतया बदलीको अवस्था छ । बागमती र गण्डकी प्रदेशका एक / दुई स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागको पनि एक / दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ । त्यस्तै हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । राति पहाडी भूभागहरूमा आंशिक बदलीदेखि साधारतया बदली र बाँकी भू-भागमा मौमस मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।

कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भू-भागका एक / दुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागको एक / दुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको छ।