|  

भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि  प्रोसेस पाण्डेलाई 

२० बैशाख, काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि धादिङका प्रोसेस पाण्डेले जितेका छन् ।

शुक्रबार राति भएको ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको प्रतिनिधित्व गर्ने पाण्डेले उपाधि उचालेका हुन् । जितसँगै उनले २० लाख नगद पुरस्कार पाएका छन् ।

कोच मेलिना राईको समूहबाट रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।