२० बैशाख, काठमाडौं । माल्टाको तट नजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा एउटा जहाजमाथि आक्रमण भएको छ । गाजा जाँदै गरेको यो जहाजमा इजरायलले आक्रमण गरेको आरोप लागेको छ ।
गैरसरकारी संस्था फ्रिडम फ्लोटिला कोएलिसनले आफ्नो जहाज, द कन्सेन्सलाई शुक्रबार बिहान निशाना बनाइएको र आक्रमण लगत्तै एसओएस सिग्नल जारी गरिएको बताएको छ ।फ्लोटिला जहाजबाट पठाइएको यो संकटकालीन कलको रेकर्डिङ बीबीसीसँग छ ।
यो नजिकैको तेल ट्यांकरमा रहेका चालक दलका सदस्यले रेकर्ड गरेका थिए ।यसमा फ्लोटिला जहाजका कप्तानले ड्रोन आक्रमण र जहाजमा भएको आगलागीको बारेमा जानकारी गराएको स्पष्ट रूपमा सुन्न सकिन्छ ।
माल्टा सरकारले जहाजमा रहेका सबै यात्रु सुरक्षित रहेको र जहाजमा लागेको आगो नियन्त्रणमा ल्याइएको बताएको छ ।