शुक्रवार १८ जेष्ठ, २०८२  | Friday 30 May, 2025 

संखुवासभामा ससुराको ह#त्या आरोपमा बुहारीसहित ४ पक्राउ

२० बैशाख, काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आरोपमा बुहारीसहित ४ जना पक्राउ परेका छन्।

कुमालको हत्या आरोपमा पक्राउ परेकाहरूलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको हो । आफ्नै बुहारी ४५ वर्षीया परिवर्तित नाम सङ्खुवासभा (फ) र नातिनी १२ वर्षीय परिवर्तित नाम सङ्खुवासभा (फ४)सहित अन्य दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बु

हारीले नाबालक प्रयोग गरेर २० हजार दिने प्रलोभन देखाई हत्या गर्न लगाएको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।  तीनजना नाबालक भएकाले प्रहरीले पत्रकार सम्मेलन गरेर बुहारीलाई मात्र सार्वजनिक गरेको हो । मजदुर काम गर्ने दुई जनालाई बुहारीले हत्यापछि २० हजार दिने आश्वासन दिएकी अनुसन्धानमा खुलेको छ।

बुहारी र नातिनीको योजनामा अन्य दुई जना हत्यामा जोडिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । मृतक कुमाल मदिरामा लट्ठ परेर बसेको मौका छोपेर ससुराको हत्याका लागि वैशाख १३ गते राती दुई जनालाई बुहारीले बोलाएकी थिइन् ।

उनीहरू घरमा आए पछि आफ्नै घरमा चारै जनाले नसालु पदार्थखाई बुहारी र नातिनीले दुई जनालाई मृतक मीनबहादुरको घर देखाई मार्न लगाएको खुलेको छ। ती व्यक्तिहरूले नातिनी र बुहारीको योजना अनुसार नै घाँटी थिचेर हत्या गरेको उनीहरूले प्रहरीलाई बयान दिएका छन्। हत्यापछि उनीहरू चारै जना मुख्य योजनाकार कै घरमा सुतेको खुलेको छ।