|  

सिन्धु सम्झौता उल्लंघन गरे भारतमाथि आक्रमण गर्ने पाकिस्तानको चेतावनी

२० बैशाख, काठमाडौं । पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले शुक्रबार भारतमाथि आक्रमण गर्ने धम्की दिएका छन् ।

आसिफले यदि भारतले सिन्धु सम्झौताको उल्लंघन गर्छ र सिन्धु नदीमा बाँध बनाउँछ भने पाकिस्तानले भारतमाथि आक्रमण गर्ने चेतावनी दिएका हुन् । यसैबिच, भारतीय सेनाले मे २–३ को राति पाकिस्तानी सेनाले जम्मू कश्मीरको कुपवाडा, उरी र अखनूर क्षेत्रमा नियन्त्रण रेखा पार गरी गोलीबारी गरेको आरोप लगाएको छ ।

दुवैतर्फबाट लगातार नवौँ दिन गोलाबारी भइरहेको छ।अप्रिल २२ मा पहलगामको बैसरन उपत्यकामा आतंककारी गोलीबारीमा २६ पर्यटकको मृत्यु भएको थियो। त्यस बेलादेखि भारत र पाकिस्तानबिच तनावको अवस्था छ।