|  

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२० बैशाख, काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

युनेस्कोले सन् १९९३ देखि मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाउने प्रस्ताव गरेअनुसार आजको दिनलाई ऐतिहासिक स्मरणसहित उत्सवको रुपमा मनाउन थालिएको हो ।

युनेस्कोले यस वर्षका लागि ‘एआई (कृत्रिम बौद्धिकता)लाई सामाजिक एजेण्डाका रुपमा राख्ने समय’ भन्ने नारा तय गरेको छ ।

सन् १९९१ मे ३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा पत्रकारहरूको सम्मेलन भएको थियो ।