|  

गोवामा जात्राको क्रममा भागदौडः ७ जनाको मृ#त्यु, ४० भन्दा बढी घाइते

२० बैशाख, काठमाडौं । गोवाको शिरगाउँमा श्री लैराई जात्राको क्रममा शुक्रबार साँझ भएको भागदौडमा ७ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् ।

जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रशासनद्वारा उद्धार कार्य भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । शुक्रबार जात्रामा भाग लिन ठुलो संख्यामा भक्तजनहरू भेला भएका थिए। यसबिच भागदौडको अवस्था सिर्जना भएको थियो।

श्री लेराई जात्रा एक प्रमुख हिन्दु धार्मिक चाड हो जुन गोवामा बिचोलिम तालुकाको शिरगाउँमा आयोजना गरिन्छ । यो देवी लेराईलाई समर्पित छ । यो पर्व हरेक वर्ष अप्रिल वा मे महिनामा मनाइन्छ। यसपटक जात्रा मे २ को साँझदेखि मे ३ को बिहानसम्म आयोजना गरिएको थियो।