|  

पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय, तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान

२० बैशाख, काठमाडाैं । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् ।

प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिअनुसार पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदुत हमाद ओबैद इब्राहिम सलेम अल-जबीसँगको भेटमा सरीफले यो कुरा स्पष्ट पारेका हुन्। प्रधानमन्त्रीले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई घटनासँग जोड्ने प्रयास गरेको भन्दै आरोपलाई अस्वीकार गरे ।  उक्त घटनामा पाकिस्तानको घटनामा कुनै भुमिका नरहेको बताए ।