२० बैशाख, काठमाडाैं । भारतको पश्चिमी राज्य गुजरातको नदीमा डुबेर १४ देखि १६ वर्ष उमेर समूहका ६ बालबालिकाको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
एकै परिवारका सबै ६ बालबालिका स्थानीय नदीमा पौडी खेल्न गएका थिए । जहाँ पानीको बहाव बढी थियो । जसले गर्दा उनीहरूको मृत्यु भएको बताइएको छ । बालबालिकामध्ये चार जना राज्यको राजधानी अहमदाबादबाट राज्यको खेडा जिल्लामा रहेको आफ्नो मामाको घरमा गर्मी बिदा बिताउन आएका थिए । मृतक सबै ६ जनाको शव बरामद गरिएको प्रहरीले बताएको छ ।