२० बैशाख, काठमाडौं । झापामा एक राजनीतिक दलका नेताले पत्रकारलाई झोले भनेपछि विवाद भएको छ।
अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलको प्रतिवद्धता’ विषयक अन्तरसम्वाद कार्यक्रममा विवाद भएको हो ।
जनमत पार्टीका झापा जिल्ला अध्यक्ष भोटुलाल राजवैशीले मन्तव्य राख्नेक्रममा पत्रकारलाई दूर्व्यवहारपूर्ण शब्द प्रयोग गर्दै झोले भनेपछि उनीमाथि पत्रकाहरू आक्रोशित भएका थिए।त्यसपछि भोटुलालाई मन्तव्यसमेत राख्न दिइएन।
उनलाई पत्रकारहरू राजेन्द्र गौतम र लक्ष्मी उप्रेतीले पोडियमबाटै धकेलेर मञ्चमा पुर्याएका थिए।राजवंशीले ठूला राजनीतिक दलको झोला बोकेका झापाका पत्रकारहरूले आफ्नो पार्टीले आयोजना गरेको कार्यक्रमको समाचार सम्प्रेषण नगरेको आरोप लगाएका थिए।