|  

नागढुंगा-नौबिसे सडकखण्ड वैशाख ३१ गतेसम्म आंशिक बन्द रहने

२० बैशाख, काठमाडौं । त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड आंशिक रूपमा बन्द हुने भएको छ ।

सोमबारदेखि वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्मका लागि सवारीसाधनहरूलाई आंशिक रूपमा रोकेर निर्माणको काम गरिने नागढुंगा मुग्लिन सडक योजना कार्यालयले जनाएको छ ।काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनहरूलाई राति नागढुंगा चेकपोष्टमा रोकिनेछ ।

त्यस्तै नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनहरूलाई खत्रिपौवा पुलमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनहरूका लागि भने वैकल्पिक रूट प्रयोग गर्न भनिएको छ । राति ११ बजेतिर सवारीसाधनलाई रोकेर बिहान ३ बजेपछि मात्रै छाडिने योजनाले जनाएको छ।