|  

दाउन्नेमा सवारी साधन चिप्लिन थालेपछि नारायणघाट-बुटवल सडक अवरूद्ध

२१ बैशाख, काठमाडौं । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ

सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक बन्द गरिएको छ ।

सवारी साधन चिप्लिएर दुर्घटना हुनसक्ने जोखिम बढेपछि उक्त सडकखण्ड बन्द गरिएको प्रहरीले जनाएको छ ।

सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५  बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ।