२१ बैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, पार्टी गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सरकारप्रति सत्तारुढ दल नेपाली कांग्रेसका केही नेताहरूले गरेको टीकाटिप्पणीबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।