२१ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट लागूपदार्थको तस्करी रोक्न सेना परिचालन गर्ने प्रस्ताव गरेका थिए ।
तर मेक्सिकन राष्ट्रपति क्लाउडिया शेनबाउमले यसलाई ठाडै अस्वीकार गरेकी छिन् ।शेनबाउमले ट्रम्पसँगको आफ्नो फोन वार्ताको बारेमा जवाफ दिँदै यस्तो बताएकी हुन् ।
फोन कलको क्रममा, ट्रम्पले शेनबाउमलाई मेक्सिकोमा लागूऔषध कार्टेलहरूसँग लड्न अमेरिकी सेनाको लागि ठूलो भूमिका स्वीकार गर्न दबाब दिएको भनिएको थियो ।
ट्रम्पले फोनमा लागूपदार्थको तस्करी विरुद्ध लड्न कसरी मद्दत गर्न सक्छौँ भनेर सोध्दै अमेरिकी सेना पठाउने प्रस्ताव गरेका थिए । तर आफूले ‘होइन, राष्ट्रपति ट्रम्प । सार्वभौमसत्ता बिक्रीमा छैन। सार्वभौमसत्ताको कदर र रक्षा गरिनुपर्छ।’ भन्ने जवाफ दिएको शेनबाउमले बताइन् ।