२१ बैशाख, काठमाडौं । मधेसवादी नेता हृदयश त्रिपाठीले प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् ।
उनी रविलाई भेट्न हिजो भैरहवा कारागारमा पुगेका थिए ।त्रिपाठीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै रवि प्रतिशोधका शिकार भएको बताएका छन् ।
‘रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ,’ उनले भनेका छन्। ‘खुँखार सहकारी अपचलनका अपराधीहरू सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेराबाहिर घुम्दैछन् । रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ । भाइ देर है, अन्धेर नहीँ– चेतना भया ।’