२१ बैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोपको रूपमा आफूलाई देखाइएको एक एआई तस्वीर राष्ट्रपति कार्यालयको इन्स्टाग्राम खाताबाट सेयर गरेपछि क्याथोलिक समुदायबाट कडा विरोध भएको छ।
२१ अप्रिलमा पोप फ्रान्सिसको निधनपछि क्याथोलिक समुदाय शोकमा रहेको बेला ट्रम्पले आफूलाई पोपको अवतारमा देखाउने फोटो सार्वजनिक गरेका हुन् ।ट्रम्पले सेयर गरेको उक्त तस्वीरमा उनी पोपजस्तै सेतो पोशाक र टोपीमा देखिएका छन् ।
तस्वीरमा उनी घाँटीमा ठूलो क्रस लगाएर गम्भीर भावमा औँला उठाउँदै उभिएका छन्।न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पमाथि उनीहरूको आस्थाको मजाक उडाएको आरोप लगाएको छ। केही दिन अघि ट्रम्पले पत्रकारहरूसँग हाँसो गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु।’