२१ बैशाख, काठमाडौं । भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएपछि अनुसन्धान सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन थालेको हो । काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान थालेको हो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेकोभन्दै सार्वजनिक भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोली अनुगमनमा गएको हो ।
छानबिनका क्रममा टोलीले पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। आज बिहान ७ः ४५ बजेतिर प्रश्न पत्र बाहिरिएको भन्दै विद्यार्थीहरूले मोबाइलबाट साटासाट गरेका थिए । विद्यार्थीहरूले प्रश्न साटासाट गरिरहेको भिडियो समेत बनाइएको थियो ।
त्यसपछि प्रश्न पत्र बाहिरको भन्ने विषयमा चर्चामा आएको हो। त्यसपछि कलेजको परीक्षार्थीको मोबाइल जफत गरेर चेकअप गरेको थियो । मोबाइल चेकअपको क्रममा पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको बोर्डले जनाएको छ।