|  

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालत उपस्थित गराइँदै

२१ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता रवीन्द्र मिश्र र मेडिकल ब्यवसायी दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको छ ।

१४ वैशाखमा ७ दिन हिरासतम राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनीहरु गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका हुन् । तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ ।

मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै दुई साताअघि छाडेको थियो । छुटेका धवलशमशेर राप्रपाको एक कार्यक्रममा समेत देखिएका थिए ।