|  

केआईआईटीमा प्रिसा शाहको मृत्युबारे संसद्‍मा गृहमन्त्रीसँग जवाफ माग

२१ बैशाख, काठमाडौं ।  सांसदहरूले भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सुरक्षामा ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले बारम्बार एउटै कलेजमा एकै प्रकृतिका घटना हुनुले गम्भीर बनाएको बताएका छन् । केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगञ्जकी प्रिसा शाह मृत भेटिएकी छन् ।

यसअघि सोही विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन । नेकपा माओवादी केन्द्रकी सांसद गंगा कुमारी बेलबासे सरकारले गम्भीर रुपमा चासो लिएर त्यसबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

‘म गृहमन्त्रीसँग जवाफ माग गर्दछु’ उनले भनिन्, ’ उनले भनिन्, ‘किन बारम्बार घटना भइरहेका छन ?यसबारे समिति बनाएर छानबिन गरियोस् ।’