|  

प्रहरीको डरले शरीरको ट्याटु हटाउँदै कश्मीरका भारतीय

२१ बैशाख, काठमाडौं । कश्मीरमा हजारौँ मानिसले भारतको भारतीय नियन्त्रणलाई विरोध गर्दै आफ्नो शरीरमा खोपिएको ट्याटु हटाउने क्रम चालेको छन् ।

उनीहरूले यसअघि आफ्नो शरीरमा असल्ट राइफल डिजाइन समावेश भएका ट्याटुहरू खोपेका थिए । 
गत हप्ता कश्मीरमा पर्यटकमाथि भएको आतंककारी आक्रमणपछि प्रहरीले दुःख दिने डरले ट्याटु हटाउने क्रम चलिरहेको स्रोतले जनाएको छ । कश्मीरमा लेजर क्लिनिक सञ्चालन गरेर बसेका बासित बशीरले हरेक दिन एक सयजनासम्म मानिस विशेषगरी पुरुषहरू आउने गरेको बताएका छन् ।

ट्याटु हटाउन आउने मानिसको शरीरमा एके–४७ राइफलदेखि विभिन्न इस्लामिक संकेत झल्किने प्रतीकहरू जस्तैः अर्धचन्द्रसम्मका डिजाइन हटाउन आउने गरेको बशीरले बताए ।

मुस्लिमबहुल कश्मीर १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि भारत र पाकिस्तानबीच विभाजित छ । दुवै देशले यो विवादित क्षेत्रलाई आफ्नो भनेर दाबी गर्छन् । भारतले उक्त आक्रमणमा पाकिस्तानको हात रहेको बताएको छ, तर पाकिस्तानले यसमा आफ्नो सरकारको हात रहेको कुरा अस्वीकार गरेको छ ।