|  

नेप्से परिसूचक ३.४४ अङ्कले घट्यो 

२१ बैशाख, काठमाडौं ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३.४४ अङ्क घटेर २६२०.३९ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आइतबार कारोबारमा आएका ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि घटेको छ । बुधवार ९ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको थियो ।

आइतबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, विकास बैङ्क, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ । 

नेप्से परिसूचक सामान्य अङ्कले घटेपनि ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।