|  

कश्मीरमा सेनाको गाडी ७०० फिट गहिरो खोचमा खस्यो

२१ बैशाख, काठमाडौं । जम्मु-कश्मीरको रामवन जिल्लामा सेना सवार गाडी सडकबाट चिप्लिएर ७०० फिट गहिरो खोचमा खस्दा तीन सैनिक जवानको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सेनाको ट्रक राष्ट्रिय राजमार्ग ४४ मा जम्मुबाट श्रीनगर जाँदै गर्दा बिहान ११ः३० बजे ब्याट्री चस्मानजिकै दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । सेनाका अधिकारीहरूका अनुसार सेना, प्रहरी, एसडीआरएफ र स्थानीय स्वयंसेवक संयुक्त रूपमा तुरुन्तै उद्धारमा खटिए पनि ३ सैनिक घटनास्थलमै मृत फेला परेका हुन । अधिकारीहरूका अनुसार दुर्घटनामा सिपाही अमित कुमार, सुजित कुमार र मान बहादुरको मृत्यु भएको हो । दुर्घटनामा परेको गाडी धातुको थुप्रोमा परिणत भएको छ ।