|  

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

२१ बैशाख, काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । 

प्रतियोगिताको जङ्गी अड्डास्थित टेनिस कोर्टमा आज बलाधिकृत रथी निर्मलकुमार थापाले उद्घाटन गरेका छन् । सेनाले उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको हो । वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ क्लबका १५ जना महिलासहित एक सय ९६ जना खेलाडीको सहभागिता रहेको छ ।